दफा १०
अनुगमन तथा निरीक्षण गर्ने
(१) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावली र उद्योग दर्ता प्रमाणपत्रमा उल्लिखित शर्तहरुको पालना गरे नगरेको सम्बन्धमा मन्त्रालय वा उद्योग दर्ता गर्ने निकायले समय समयमा उद्योगको अनुगमन तथा निरीक्षण गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम उद्योगको अनुगमन तथा निरीक्षण गर्न खटिएको कर्मचारी वा पदाधिकारीले अनुगमन तथा निरीक्षणको सिलसिलामा सम्बन्धित उद्योग परिसरमा प्रवेश गर्न, आवश्यकता अनुसार श्रव्य-दृश्य तथा अन्य सूचना तथा तथ्याङ्क सङ्कलन गर्न, आवश्यक कागजात जाँच गर्न र अन्य कुनै जानकारी वा विवरण माग गर्न सक्नेछ।
तर प्रचलित कानून बमोजिमको बौद्धिक सम्पत्तिको संरक्षणको विषय समावेश भई गोपनीयता कायम राख्नु पर्ने अवस्थामा बौद्धिक सम्पत्ति सम्बन्धी प्रचलित नेपाल कानून बमोजिम हुनेछ।
(३) उपदफा (२) बमोजिम माग गरिएको त्यस्तो जानकारी वा विवरण उपलब्ध गराउनु सम्बन्धित उद्योगको कर्तव्य हुनेछ।
(४) उपदफा (३) बमोजिम प्राप्त भएको जानकारी वा विवरणबाट त्यस्तो उद्योग सञ्चालनमा कुनै किसिमको समस्या भएको देखिएमा सम्बन्धित उद्योगसँग परामर्श गरी उद्योग दर्ता गर्ने निकायले त्यस्तो उद्योगलाई आवश्यक सहजीकरण गरिदिन सक्नेछ ।